राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि ‘अन्जिला’को हल भिजिट रोकियो

१५ चैत, काठमाडौं । राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि फिल्म ‘अञ्जिला’ले काठमाडौंमा गर्न लागेको ‘हल भिजिट’ रोकिएको छ । फिल्म प्रचारकै लागि महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बा शुक्रबार ग्रीसबाट नेपाल आएकी थिइन् ।

निर्देशक मिलन चाम्सले तीनकुने क्षेत्रमा भएको तनाव र राजनीतिक परिस्थितीलाई हेरेर काठमाडौंमा हुने हल भिजिट स्थगित गरिएको बताए ।

काठमाडौंको हल भिजिट रोकेर ‘अञ्जिला’ टोली फिल्म प्रचारको लागि पोखरा जाने तयारीमा छ । ‘काठमाडौंमा रद्द भएको छ । अब हामी पोखरातिर जाँदैछौं’ उनले भने । उनका अनुसार उपत्यकाबाहिरका ७ सहरमा फिल्मको प्रचार तयारी छ ।

आज बिहान मात्र काठमाडौं उत्रिएकी एन्जिलाले ठमेलको छाया, ललितपुरको लाबिम लगायतका हलमा प्रचारप्रसार गर्ने र दर्शक भेट्ने कार्यक्रम थियो ।

राजावादीको प्रदर्शन हिंसात्मक बनेपछिको घटनाको कारण काठमाडौंको मुख्य क्षेत्रका फिल्म हलमा समेत दर्शकीय उपस्थिती निकै पातलो देखिएको हल संचालकले जनाएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours