औद्योगिक क्षेत्रमा लोडसेडिङ हट्ने खबरले हर्षित छौं : सिमेन्ट उत्पादक संघ

१५ चैत, काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले सरकार र विद्युत् प्राधिकरणको नयाँ नेतृत्वले भारतबाट थप बिजुली ल्याएर उद्योगहरूमा लोडसेडिङ हटाउन खोजेको भन्दै खुसी व्यक्त गरेको छ ।

शुक्रबार संघले विज्ञप्ति जारी गर्दै अब औद्योगिक क्षेत्रले निरन्तर चौबिसै घण्टा आवश्यकता अनुसार विद्युत् प्राप्त हुने निश्चित देखिएको भन्दै खुसी व्यक्त गरेको हो ।

‘‘नेपालमा औद्योगिक क्षेत्र खासगरी सिमेन्ट उत्पादक लगायत ठूला उद्योगमा चौबिसै घण्टा विद्युत आपूर्ति हुन नसक्दा ९ र १२ घण्टा वा त्यसभन्दा बढी समय लोडसेडिङ भएका कारण उत्पादन क्षमता अनुसार सिमेन्ट उत्पादन हुन नसकेको, उत्पादन लागत अत्यधिक वृद्धि भएको, मेसिन उपकरणमा क्षति पुग्न गएका कारण ठूलो नोक्सानी र मर्का परिरहेको तथा सोही कारण औद्योगिक उत्पादन, रोजगारी सिर्जना, राजस्व अभिवृद्धि, निर्यात प्रवर्द्धनमा समेतमा गम्भीर असर परेको सरोकारवालालाई जानकारी रहे, भएकै विषय हो,’ संघले जारी गरेको विज्ञप्तिमा छ ।

सरकार र विद्युत प्राधिकरण समेतको पहलमा अब भारतबाट रातिको समयमा पनि थप विद्युत आपूर्ति हुने र औद्योगिक क्षेत्रमा लोडसेडिङ पूर्णरूपमा हटाउने भनी प्रकाशित, प्रचारित समाचार, सूचना, जानकारीबाट नेपाल सिमेन्ट उत्पादक संघ र यस संघसंग आबद्ध उद्योगी–व्यवसायी लोडसेडिङ घट्ने छ भन्ने आशासाथ उक्त विषयप्रति अत्यन्तै सकारात्मकत र हर्षित भएको संघको भनाइ छ ।

लोडसेडिङका कारण उत्पादन लागत अत्यधिक वृद्धि भएको, मेसिन उपकरणमा क्षति पुग्न गएका कारण ठूलो नोक्सानी र मर्का परिरहेको विज्ञप्तिमा उल्लेख छ ।

औद्योगिक क्षेत्रमा लोडसेडिङ भएका कारण औद्योगिक उत्पादन, रोजगारी सिर्जना, राजस्व अभिवृद्धि, निर्यात प्रवर्द्धनमा समेत गम्भीर रूपमा असर परेको पनि संघले उल्लेख गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours