तीनकुने क्षेत्रमा केहीबेरमा कर्फ्यु लाग्दै

१५ चैत, काठमाडौं । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन् ।

भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् ।

तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । आगजनी नियन्त्रणमा आइसकेको छ । तर उनीहरु सर्वसाधारणका घर तथा सम्पत्तिमा आक्रमण प्रयास गरिरहेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours