नेको इन्सोरेन्सको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

१५ चैत, काठमाडौँ । नेको इन्सोरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ६ लाख कित्ता संस्थापक सेयर शिलबन्दी बोलपत्रद्वारा सेयर बिक्रीमा ल्याएको हो ।

शेयर प्रति कित्ता न्यूनतम मूल्य २६० रुपैयाँ तोकिएको छ । उक्त सेयरमा जो कोही व्यक्ति, कम्पनी\संघ\ संस्थाहरुले चैत २९ गतेसम्म आवेदन दिन सक्ने छन् ।

बोलपत्र मार्फत बिक्री गरिने संस्थापक समूहको शेयर बाँडफाँड गर्दा सबैभन्दा बढी दर रेटमा खरीद माग गर्ने योग्य बोलपत्रदाताहरुलाई बोलकबोलको मान्यताको आधारमा बिक्री गरिने बैंकले जनाएको छ ।

यस बोलपत्र बाँडफांड गर्दा छनोट नभएका आवेदकलाई जम्मा गरेको सबै रकम फिर्ता गरिने हुने छ । समान दर रेटमा आवेदन परेको खण्डमा विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours