सुनचाँदीको मूल्य बढ्ने क्रम जारी, कतिमा हुँदै छ कारोबार ?

१५चैत, काठमाडौँ । साताको छैटौँ दिन आज (शुक्रबार) एकै दिन तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । केही दिनअघि निरन्तर घट्दै गएको सुनको भाउ बुधबारदेखि बढ्दो क्रममा छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी सुनसँगै चाँदीको मूल्य पनि बढ्ने क्रम जारी छ । आज चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार १ तोला चाँदी २ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ७३.९१ अमेरिकी डलर र चाँदी ३४.३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours