१४ चैत, काठमाडाैं । गर्भपात महिलाहरूका लागि एक कठिन समय हो । यो समयमा महिलाहरू शारीरिक र मानसिक दुवै समस्याबाट पीडित हुन्छन् । गर्भपातपछि शरीरमा केही हर्मोनल परिवर्तन आउँछ । हर्मोनल परिवर्तनका कारण महिलाको भावनात्मक स्वास्थ्यमा पनि परिवर्तन हुन्छ ।
यस्तोमा धेरै ख्याल राख्ने र हेरचाहको जरुरी हुन्छ । गर्भपातका कारण माहिनावारीको चक्रमा असर गर्छ । महिनावारी नियमित हुनका लागि केही समय लाग्न सक्छ ।
गर्भपातपछि कति समय लाग्छ त महिनावारी सुरु हुन ?
गर्भपातपछि कति समयपछि महिनावारी सुरु हुन्छ भनेर ठ्याक्कै भन्न कठिन हुन्छ । महिलाअनुसार समय फरक–फरक हुनसक्छ । हर्मोनको असन्तुलन, महिलाको स्वास्थ्य अवस्था जस्ता कुराले यसमा भूमिका खेलेको हुन्छ।
धेरैजसो केसमा ४ देखि ६ हप्तापछि महिनावारी सुरु हुन्छ । कोही महिलामा भने गर्भपात भएको लामो समयसम्म महिनावारी सुरु नहुनसक्छ । गर्भअवस्थामा कुनै जटिल समस्या भएको खण्डमा वा गर्भवती भएको पछिल्लो महिनातिर गर्भपात भएको खण्डमा महिनावारी सुरु हुन लामो समय लाग्न सक्छ ।
हर्मोन नियमित हुनका लागि समय लाग्छ
गर्भपातपछि महिलाको शरीरमा हर्मोन नियमित हुनका लागि समय लाग्न सक्छ । गर्भावस्थामा महिलाको शरीरमा ‘ह्युमन कोरियोनिक गोनाडोट्रोपिन’ हर्मोन उत्पादन भएको हुन्छ। यसलाई ‘प्रेग्नेन्सी हर्मोन’ पनि भनिन्छ ।
फेरि महिनावारी सुरु हुनका लागि शरीरमा यो हर्मोनको मात्रा शून्यमा झर्नुपर्छ । गर्भपात अपूरो छ वा यसमा यदि डी एण्ड सी(डाइलेसन एण्ड क्युरेटेज) जस्ता चिकित्सकीय सहायता आवश्यक भएको खण्डमा महिनावारी सुरु हुनका लागि लामो समयको उपचार आवश्यक हुनसक्छ ।
जब गर्भपातपछि महिनावारी सुरु हुन्छ, त्यो समान्य अवस्थाको भन्दा फरक हुन पनि सक्छ । कोही महिलामा धेरै रगत बग्ने समस्या देखिन सक्छ । कोही महिलालाई तल्लो पेट धेरै दुख्ने समस्या हुन पनि सक्छ ।
शारीरिक र मानसिक समस्याका कारण महिनावारी अनियमित हुने समस्या पनि देखिन सक्छ ।
यी कुरामा ध्यान दिनुपर्छ
–यदि गर्भपात भएको ८ हप्तासम्म पनि महिनावारी सुरु नभएको खण्डमा यो कुनै संक्रमणको कारण बन्न सक्छ ।
–गर्भपातपछि ज्वरो आउने, गन्ध आउने वा धेरै दुखाइ जस्ता लक्षण भएमा ढिलो नगरी चिकित्सकको सल्लाह लिने र स्वास्थ्य संस्था जानुपर्छ ।
–गर्भपातपछि तुरुन्तै फेरि गर्भधारण गर्नु हुँदैन । शरीरलाई समान्य अवस्थामा फर्कन दिनुपर्छ ।
+ There are no comments
Add yours