बाल अस्पताल निर्माणका लागि सिटिजन लाइफले गर्‍यो सहयोग

१४ चैत, काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौं बाल अस्पताल निर्माणका लागि पाँच लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ।

यस सहयोगको चेक सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष प्रदीप जंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले काठमाडौं इन्स्टीच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्रोफेसर डा भगवान कोइरालालाई हस्तान्तरण गरे।

काठमाडौं बाल अस्पतालको निर्माणको उद्देश्य नेपालका लाखौं बालबालिकाको स्वास्थ्य सेवा आवश्यकतासँग जुध्न र विशेष गरी निम्न आय परिवारका बालबालिकाहरूलाई किफायती, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो।

सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो सामाजिक जिम्मेवारी अन्तर्गत यस्तो सहयोग प्रदान गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यस आर्थिक सहयोगले अस्पताल निर्माणमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सिटिजन लाइफ इन्स्योरेन्सले गत वर्ष पनि अस्पताललाई आर्थिक सहयोग प्रदान गरेको थियो र यसका अलावा, कम्पनीले नेपालका विभिन्न स्थानहरूमा शैक्षिक, स्वास्थ्य र पर्यावरणीय कार्यक्रमहरू आयोजना गर्दै सामाजिक सुधारका लागि निरन्तर काम गर्दै आएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours