१४ चैत, काठमाडौं । एनआइएमबि एस क्यापिटलद्वारा सञ्चालित एनआर्ईबिएल इक्विटी पार्टनर्सले लक्ष्मी स्टील्स लिमिटेडसँग लगानी सम्झौता गरेको छ ।
सम्झौतामा गत चैत १२ गते एनआइएमबि एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल र लक्ष्मी स्टील्सका निर्देशक बिमल कुमार सावरथिया बीचमा हस्ताक्षर भएको थियो ।
सम्झौताले नेपालको पूर्वाधार तथा आर्थिक वृद्धिमा अझ बढी योगदान पुर्याउने कम्पनीले जनाएको छ । यो साझेदारीे नेपालको औद्योगिक क्षेत्रका विकासको लागि एक महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ ।
लक्ष्मी स्टील्ससँग सहकार्य गरी आर्थिक वृद्धिमा योगदान पुर्याउने तथा सशक्त व्यवसायहरूलाई समर्थन गर्न प्रतिबद्ध रहेको एनआइएमबी एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवालले बताए ।
साझेदारी गर्दा विशेषज्ञता र पूँजीले कम्पनीको क्षमता विस्तार गर्न आर्थिक विकासमा योगदान पुग्ने लक्ष्मी स्टील्सका निर्देशक बिमल कुमार सावरथियाले जानकारी दिए ।
+ There are no comments
Add yours