१४ चैत, काठमाडौं । एनआईसी एसिया बैंकको सहयोगमा पर्साको सिद्धार्थ माध्यमिक विद्यालयमा पुस्तकालय उद्घाटन गरिएको छ । पुस्तकालय भवनको मंगलबार उद्घाटन गरिएको हो ।
विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्न पुस्तकालय स्थापना गरिएको विद्यालयले जनाएको छ ।
पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका झन्डै १ हजार ५ सय विद्यार्थी तथा शिक्षकशिक्षिकाहरू प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
समारोहमा एनआईसी बैंक मधेश प्रदेश प्रमुख अमीत केसी लगायत विद्यालय तथा बैंकका अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
+ There are no comments
Add yours