१३ चैत, काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा ‘गेटपे’ नामक नयाँ भुक्तानी सेवा सुरु गरेको छ । सिटीटेकले विकास गरेको यो सेवाले व्यापारिक भुक्तानीलाई छिटो र सजिलो बनाउने दाबी गरिएको छ ।
बैंक र वित्तीय संस्थाहरुलाई एकै स्थानमा सबै भुक्तानी व्यवस्थापन गर्न मद्दत गर्नेगरी गेटपे विकास गरिएको हो । यो सेवा प्रयोग गर्दा व्यापारिक संस्थाहरूले आफ्ना सबै कारोबारहरू एकै ठाउँमा प्राप्त गर्नसक्ने दाबी गरिएको छ ।
सिटीटेकका अनुसार गेटपे सेवाले भुक्तानी, हिसाब र व्यापारीहरूको गतिविधि एकै ठाउँबाट हेर्न सजिलो बनाउने छ । माछापुच्छ्रे बैंकले यसलाई आफ्नो दैनिक कार्यमा लागू गरेर व्यवसायिक र डिजिटल भुक्तानी प्रक्रिया सुरु गरिसकेको छ ।
‘गेटपे’ लागु भएपछि व्यापारीहरूले सबै भुक्तानी एकै ठाउँबाट हेर्न र व्यवस्थापन गर्न सक्नेछन् । यसले काम छिटो र सजिलो बनाई खर्च घटाउने र सबैलाई डिजिटल भुक्तानीको अनुभव राम्रो बनाउने बताइएको छ ।
यस सेवाले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप बलियो बनाउने सिटीटेकको अपेक्षा छ । कम्पनीका अनुसार ‘गेटपे’ ले काम सजिलो बनाउनुका साथै भुक्तानीको जानकारी पनि दिन्छ भने सही निर्णय लिन मद्दत गर्छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेडले यस सहकार्यबाट नेपालको डिजिटल भुक्तानी प्रणाली बलियो हुने विश्वास व्यक्त गरेको छ ।
+ There are no comments
Add yours