१३ चैत, काठमाडौं । कियाले बहुप्रतिक्षित इलेक्ट्रिक कार क्यारेन्स छिट्टै लन्च गर्ने तयारी गरेको छ । सार्वजनिक भएको एक तस्विरअनुसार क्यारेन्स ईभी किया मोटर्सको पहिलो मास-मार्केट इलेक्ट्रिक एमपीभी बन्न सक्ने अनुमान गरिएको छ ।
यसमा ईभीमा एलईडी हेडल्याम्प, कनेक्टेड एलईडी डीआरएल स्ट्रिप सहितको आकर्षक फ्रन्ट लुक, नयाँ एरोडायनामिक अलोय ह्विल, ग्रिलको बीचमा चार्जिङ पोर्ट, भर्टिकली राखिएका एलईडी टेललाइट जस्ता फिचर समावेश हुने कम्पनीको भनाई छ ।
साथै ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल ड्राइभर डिस्प्ले, ड्युअल जोन अटो एसी, भेन्टिलेटेड सिट, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, प्यानोरामिक सनरुफ, एड्भान्स ड्राइभिङ असिस्टेनस सिस्टम, ६ वटा एयरब्याग, ईबीडी सहितको एबीएस, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता अत्याधुनिक सेफ्टी फिचर उपलब्ध हुने बताइएको छ ।
किया क्यारेन्स ईभीमा २-३ वटा ब्याट्री प्याक विकल्प उपलब्ध हुन सक्ने अनुमान गरिएको छ।
+ There are no comments
Add yours