सिटी एक्सप्रेसले हस्तान्तरण गर्‍यो ‘१८ गुणा’ योजनाको बम्पर उपहार

१३ चैत, काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘१८औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौँ गुणा’ योजनाको उपहार हस्तान्तरण गरेको छ ।

कमलादीस्थित कार्यालयमा भएको कार्यक्रममा चर्चित हास्य कलाकार तथा कम्पनीका ब्रान्ड एम्बासडर जितु नेपालको उपस्थिति थियो ।

योजनामा कोरियाबाट निराजन ढकालले जी मनी ट्रान्सफरमार्फत् सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई पठाएको रकमको १८ गुणा अर्थात् ७ लाख ५४ हजार ३६२ रुपैयाँ जित्न सफल भएका थिए । सो रकम उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको छ ।

योजनाअन्तर्गत लक्की ड्रमार्फत् भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजना थियो । जसमा १ हजार ६२० जनाले दैनिक उपहार, २४ जनाले साप्ताहिक उपहार र ६ जनाले मासिक उपहार जित्न सफल भएका छन् ।

कम्पनीले रेमिट्यान्स क्षेत्रमा छुट्टै पहिचान बनाउँदै विगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी पे वालेटमार्फत् अनलाइन भुक्तानी सेवा सुरु गरेको कम्पनीले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours