निजामतीमा समेट्नुपर्ने १९ बुँदे मागपत्र प्रचण्डलाई हस्तान्तरण

१३ चैत, काठमाडौँ । संयुक्त कर्मचारी ट्रेड युनियन संजालको प्रतिनिधमण्डलले निजामती विधेयकमा समेट्नुपर्ने १९ बुँदे मागपत्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालय पुगेर उनीहरूले संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने अन्तर्वस्तु सम्बन्धमा संजालका साझा धारणाको रुपमा मागपत्र बुझाएका हुन् ।

निजामती विधेयक प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ । उक्त विधेयक संघीयता कार्यान्वयनसँग समेत जोडिएको विधेयक हो ।

कर्मचारीहरूको माग पत्र बुझ्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको संयुक्त जनआन्दोलन, संविधान निर्माण, संघियताको प्रशासनिक कार्यान्वयन र जनताको घरदैलोमा सेवा प्रवाह गर्ने कार्यमा महत्वपूर्ण भूमिका रहेको स्मरण गरे ।

निजामत विधेयक अगाडि बढाउँदा कर्मचारीको वृतिविकास तथा पेशागत अधिकार थप व्यवस्थित गर्न पार्टीको तर्फवाट कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

यस्तो छ १९ बुँदे मागपत्रः

You May Also Like

More From Author

+ There are no comments

Add yours