राष्ट्रिय टिमबाट रेजिनको डेब्यू

१३ चैत, काठमाडौं । फरवार्ड रेजिन सुब्बाले नेपाली राष्ट्रिय टिमबाट डेब्यू गरेका छन् । एएफसी एसियन कप छनवट अन्तर्गत मंगलबार राती भएको मलेसिया विरुद्धको खेलबाट रेजिनिले सिनियर टिममा डेब्यू गरे ।

उनले ८५औं मिनेटमा जिलेस्पी जंग कार्कीको स्थानमा मैदान प्रवेश गर्दै नेपालको सिनियर टिमबाट पहिलो पटक खेलेका हुन् । रेजिनको डेब्यू खेलमा नेपाल मलेसियासँग २-० ले पराजित भएको थियो ।

नेपालको लागि समूहबाट खेलिसकेका रेजिनले नेपाल यू-१९ टिमको कप्तानी समेत गरिसकेका छन् । यसअघि राष्ट्रिय टिममा समावेश भएपनि डेब्यू गर्न नपाएका रेजिनले म्याट रस प्रशिक्षक बनेपछि टिममा पुनरागमन गर्ने अवसर पाए र डेब्यू पनि गरे । रेजिनले सन् २०१९ मा काठमाडौंमै भएको १३औं सागमा फुटबलमा स्वर्ण जितेका थिए ।

पछिल्लो पटक भएको ए डिभिजन लिगमा खुमलटार युथ क्लबको कप्तानी नै गरेका रेजिनले अहिले भने मछिन्द्र क्लबबाट नकआउट गोल्डकप खेलेका थिए ।

अष्ट्रेलयाका म्याट रोस नेपालको प्रशिक्षक बनेपछि राष्ट्रिय टिममा डेब्यू गर्ने रेजिन तेस्रो खेलाडी बने । यसअघि सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलमा डिफेण्डर सुमन श्रेष्ठ पहिलो रोजाइमै डेब्यू गरेका थिए भने युवा फरवार्ड सुबास बम ठकुरीले वैकल्पिक खेलाडीको रुपमा सोही खेलमा डेब्यू गरेका थिए । डेब्यूयता सुमनले भने लगातार दोस्रो खेलमा पहिलो रोजाइमै खेले ।

You May Also Like

More From Author

+ There are no comments

Add yours