१३ चैत, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सस्थापक शेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको एक लाख ५८ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ ।
नेपाल बीमा निर्देशिका २०७७ बमोजिम इन्स्योरेन्स संस्थापक सेयरधनीहरुलाई पहिलो प्राथमिकता दिएको हो । उक्त सेयरमा आम लगानीकर्ताले आवेदन दिन पाउने छैनन् ।
कम्पनीले इच्छुक संस्थापक सेयरधनीहरुलाई चैत १२ गतेदेखि ३५ दिनभित्र कम्पनीको कानुनी विभागमा लिखित रुपमा जानकारी गराउन भनेको छ । तोकिएको समयभित्र सस्थापक शेयर धनीहरुबाट लिखित प्रताव नआएमा भने अन्य व्यक्ति, संस्था वा कम्पनीलाई शेयर विक्री गरिने इन्स्योरेन्सले जनाएको छ ।
+ There are no comments
Add yours