१३ चैत, काठमाडौं । सानिमा बैंकले गोरखामा नेपाली सेना रिपुमर्दन गण र शहिद लखन गाउँपालिकाद्वारा संयुक्त रूपमा आयोजित दुइदिने स्वास्थ्य शिविरमा आर्थिक सहयोग गरेको छ ।
शिविरमा ५२५ जना स्थानीय बासिन्दाहरूलाई विभिन्न रोगको परीक्षण गरी आवश्यकता अनुसार निःशुल्क औषधी दिइएको थियो ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम लगायत विभिन्न क्षेत्रमा हरेक वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने तथा विभिन्न किसिमका सामाजिक उत्थानका कार्यक्रमहरू गर्ने योजना बनाएको बैंकले बताएको छ ।
+ There are no comments
Add yours