१३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान गरेको छ । तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले प्रणालीबाट पैसा तान्न लागेको हो ।
राष्ट्र बैंकले आज निकालेको सुचनामा मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सफ्टवेयर मार्फत निवेदन दिन भनेको छ ।
राष्ट्र बैंकले निकालेको सुचनामा २१ दिनका लागि विभिन्न शर्त तथा विशेषताहरु तोकेर निक्षेप सङकलन उपकरणको बोलकबोल आव्हान गरेको छ ।
राष्ट्र बैंकले २०८२ वैशाख ३ गतेसम्म घटीमा १० करोड र बढीमा ५ करोड रुपैँयाले भाग गर्दा निःशेष भाग जाने गरि कुल रकमसम्म बोल गर्न सकिने गरि आह्वान गरेको हो ।
राष्ट्र बैंक बाहेक अन्य सबै बैंक तथा वित्तीय सस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने छ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ उक्त ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ ।
निक्षेप सङ्कलनमा नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तिय सस्थाले मात्र भाग लिन पाउने छन् ।
बोलकबोलमा निक्षेपवापत सङकलन रकम र ब्याजदर उल्लेख गर्नुपर्ने छ । निक्षेप सङ्कलन रकम बाँडफाड गर्दा कम ब्याजदरलाई बढि प्राथमिकता दिइने राष्ट्र बैंकले जनाएको छ ।
+ There are no comments
Add yours