संसद बैठक आधा घण्टाका लागि स्थगित

१३ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा आज संसद अवरोध गरेका हुन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours