हुन्डाईद्वारा क्रेटा ईभी र नेपालमै बनेको क्रेटा आईसीई कार सार्वजनिक

१२ चैत, काठमाडौँ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्राली हुन्डाई गाडीको आधिकारिक वितरक, हुन्डाईले क्रेटा ईभी र क्रेटा आईसीई (मेड इन नेपाल) को सार्वजनिक गरेको छ ।

‘आफ्नो भविष्य छान्नुहोस्’ को थिमसहित, हुन्डाईले यी दुई मोडलका गाडी सार्वजनिक गरेको हो ।

क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार रुपैयाँ र क्रेटा आईसीई (मेड इन नेपाल) को प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार राखिएको कम्पनीले जनाएको छ ।

२०२५ मा आयात गरिने आईसीई मोडलको मूल्यमा तुलना गर्दा ९ लाख रुपैयाँसम्म कम रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते यङको उपस्थिति रहेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours