‘अञ्जिला’ बन्यो सुपरहिट, १२ दिनसम्म कति कमायो ?

१२ चैत, काठमाडौँ । महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाबारेको फिल्म ‘अञ्जिला’ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरेको छ । मिलन चाम्स निर्देशित फिल्मले आगामी सप्ताहन्त ५ करोड रुपैयाँ ग्रसको आँकडा पार गर्ने प्रक्षेपण छ ।

सोमबार रातीसम्म फिल्मले देशब्यापी ४ करोड ४८ लाख रुपैयाँ ग्रस कमाइ गरेको संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा उल्लेख छ । यो तथ्यांक पछिल्लो समय कुनै नेपाली फिल्मले गरेको उत्साहजनक तथ्यांक हो ।

‘अञ्जिला’को यो कमाइ हेर्दा यो फिल्मले पछिल्लो समयका हिट ब्यानर र कलाकारका फिल्मको कमाइलाई पनि उछिनेको छ । २ करोड रुपैयाँ लगानीमा बनेको फिल्मले विदेशबाट मात्र लगानी सुनिश्चित गरिसकेको निर्देशक चाम्सले बताए ।

उनका अनुसार ‘अञ्जिला’ले विदेश राइट बिक्रीबाट मात्र साढे २ करोड नेट कमाएको छ । ‘विदेशबाट मात्र हामीले लगानी उठाइसक्यौं’ चाम्सले अनलाइनखबरसँग भने ।

बक्सअफिस र विदेशको राइट जोड्दा मात्र ‘अञ्जिला’को ग्रस कमाइ ७ करोडभन्दा माथि हुन आउँछ । ‘अञ्जिला’ निर्देशक चाम्सको अहिलेसम्मको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म समेत बनेको छ । आउँदो साता फिल्मको सक्सेस समारोह आयोजना गर्ने तयारी भएको पनि चाम्सले जनाए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours