१२ चैत, काठमाडौं । अनुज चनाराले ४ तथा दिवान पुनले ३ विकेट लिएपछि नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कम योगफलमै अलआउट भएको छ ।
देउखुरीमा भइरहेको खेलमा कर्णाली प्रदेशविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभरमा अलआउट हुँदै १४७ रन बनाएको हो ।
अर्जुन साउदले सर्वधिक ३६ तथा दिलिप नाथले ३४ रन बनाए । सागर ढकाल २२ रनमा अविजित रहे ।
कर्णालीका अनुजले १० ओभरमा २९ रन दिएर ४ विकेट लिए । कप्तान दिवानले १० ओभरमा २१ रन दिएर ३ विकेट लिए । दिनेश अधिकारी, दिपेन्द्र रावत र सुनिल धमलाले १-१ विकेट लिए ।
हालसम्म अपराजित पुलिस फाइनल खेल्ने लगभग निश्चितजस्तै देखिएको छ भने कर्णालीले यस खेलमा जित निकाले शीर्ष ४ को सानो सम्भावना कायमै रहनेछ ।
+ There are no comments
Add yours