१२ चैत, काठमाडौँ । एभरेस्ट बैंकले साताव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
ग्लोबल मनी विक–२०२५ को अवसर पारेर कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष ४ चैतदेखि सप्ताहव्यापी अभियानअन्तर्गत ग्लोबल मनी विक २०२५ सञ्चालन भएको थियो ।
उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल-क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झन्डै ३ हजार हजार भन्दा बढी विद्यार्थीहरूबीच वित्तीय साक्षरता सन्देश दिन सफल भएको छ ।
उक्त कार्यक्रममा केही विद्यार्थीलाई बैंकको शाखासमेत अवलोकन गराई बैंकले दिने सेवासम्बन्धी जानकारी गराइएको बैंकले जनाएको छ ।
‘थिंक विफोर यु फ्लो, विज मनी टुमरो’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा युवा पुस्तामा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरूले दिने सेवा र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी गराइएको थियो ।
+ There are no comments
Add yours