१२ चैत, काठमाडौँ । वीरगन्ज भन्सारबाट चालु आर्थिक वर्षको ८ महिनामा ५३ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरकाे सामान निर्यात भएकाे छ । गत आवको सोही अवधिको तुलनामा यो १७२.०१ प्रतिशतले बढी हो ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा भटमासको तेल निर्यात बढेको छ ।
बितेका ८ महिनामा २८ अर्ब १९ करोड रुपैयाँ मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार १४२ लिटर भटमासको तेल निर्यात भएको हो ।
यसैगरी, ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको जुस र ३ अर्ब ६८ करोड रुपैयाँ मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको छ ।
+ There are no comments
Add yours