१२ चैत, काठमाडौँ । नेपालका लागि हुन्डाईकाे आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा इभी र क्रेटा आइस (मेड इन नेपाल) सार्वजनिक गरेको छ ।
हुन्डाई नेपालले ग्राहकको आवश्यकता र गतिशीलताअनुसार क्रेटा इभी र आइस दुवै मोडेल उपलब्ध गराएको हो । क्रेटा इभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार र क्रेटा आइस (मेड इन नेपाल)को प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार राखिएको छ । २०२५ मा आयात गरिने आइस मोडलहरूको मूल्यमा तुलना गर्दा ९ लाखसम्म कम रहेको छ ।
हुन्डाई क्रेटा इभीको डिजाइन पेट्रोल र डिजेल संस्करणसँग मिल्दोजुल्दो छ । तर, इलेक्ट्रिक मोडलका लागि केही परिवर्तन गर्दै अझ आकर्षक बनाएको छ ।
क्रेटा इभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार रुपैयाँ र क्रेटा आइसीइ (मेड इन नेपाल) को प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार रुपैयाँ राखिएको छ ।
सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको लक्ष्मी इन्टरकन्टिनेन्टलले २०२५ मा आयात गरिने आइस मोडलहरूको मूल्यमा तुलना गर्दा ९ लाखसम्म कम गएको कम्पनीका सेल्स हेड दिवाकर रेग्मीले जानकारी दिए ।
नेपाली बजारमा पहिलेदेखि नै आइस संस्करणको हुन्डाई क्रेटा लोकप्रिय रहेको र हुन्डाईका अन्य इभीसमेत चर्चित बनिरहेको समयमा क्रेटा इभी समेत धेरैले मन पराउने अपेक्षा कम्पनीले गरेको छ ।
क्रेटा इभी ४२ किलोवाट ब्याट्री विकल्पमा उपलब्ध छ । ४२ किलोवाट ब्याट्रीले ३९० किलोमिटर रेन्ज प्रदान गर्न सक्षम छ । ब्याट्री डीसी फास्ट चार्जिङमार्फत १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन ५८ मिनेट मात्र लाग्ने बताइएको छ । यसलाई ११ किलोवाट एसी चार्जरले १० प्रतिशतदेखि १०० प्रतिशतसम्म चार्ज गर्न चार घन्टा लाग्छ ।
अगाडि एल–आकारको कनेक्टेड एलईडी डीआरएल र भर्टिकली स्ट्याक्ड ट्विन एलइडी हेडलाइट समावेश गरिएको छ । यसमा कम्पनीको लोगोको पछाडि चार्जिङ पोर्ट राखिएको छ ।
यसमा १०.२५ इन्चको ड्युअल स्क्रिन र हुन्डाई आयोनिक ५ बाट प्रेरित नयाँ थ्री–स्पोक स्टेयरिङ ह्विल समावेश गरिएको छ । साथै भेइकल टु लोड टेक्नोलोजी, प्यानोरामिक सनरुफ र मल्टिपल ड्राइभिङ मोड जस्ता फिचरले यसलाई अझ विशेष बनाएको छ ।
साेमबार भएकाे सार्वजिनकीकरण कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क तेयोंगको विशेष उपस्थिति थियो।
गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भू-भागमा मजाले गुड्न सक्ने र प्रायः हरेक उमेरका ग्राहकलाई सुहाउने भएकाले १० हजारभन्दा बढी ग्राहकको रोजाइ र यात्राको साथी बन्न मिड-साइज एसयुभी सेगमेन्ट मा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको कम्पनीको दाबी छ ।
हुन्डाई नेपालले इकोसिस्टम डेभलभमेन्टमा पनि अगाडि बढ्दै चार्जिङ नेटवर्क रिल्याक्समार्फत डिसी चार्जर नेटवर्क निर्माण गरिरहेको कम्पनीले जनाएको छ ।
+ There are no comments
Add yours