१२ चैत, काठमाडौँ । आज साताको तेस्रो दिन मंगलबार सुनको मूल्य २०० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ६०० ले घटेको सुनको भाउ आज मंगलबार पनि २०० सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ७३ हजार ५०० मा रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर छ । मंगलबार पनि चाँदी प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा अन्तराष्ट्रिय बजारको आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
+ There are no comments
Add yours