मदिरा सप्लायर्सविरुद्ध साढे ५ करोडको मुद्दा

११ चैत, काठमाडौं । एक मदिरा सप्लायर्सविरुद्ध साढे ५ करोडको राजस्व चुहावट मुद्दा दर्ता भएको छ ।

फर्म संस्कार ट्रेडर्सका प्रोपाइटर होमप्रसाद चालिसेविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।

यो ट्रेडर्सले बिल बिजक समेत जारी नगरी मदिराको बिक्री वितरण गरेको र मूल्य अभिवृद्धि कर तथा राजस्व छली गरेको पाइएकाले विभागका प्रवक्ता कृष्णकुमारी श्रेष्ठले बताइन् ।

मदिराको अन्तःशुल्क प्रणालीमा प्रविष्ट नगरी चोरी निष्कासन गरी अन्तःशुल्क राजस्व छली गरेको आरोप छ । ५ करोड ५१ लाख १८ हजार ४९२ रुपैयाँ बिगो कायम गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours