रिजन र सुर्यको घातक बलिङमा बागमतीको सहज जित

११ चैत, काठमाडौं । रिजन ढकालले ५ विकेट तथा सुर्य तामाङले ४ विकेट लिँदै कर्णालीलाई झिनो योगफलमा रोकेपछि पछि बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहज जित हात पारेको छ ।

सोमबार देउखुरीमा भएको खेलमा बागमतीले कर्णालीलाई ९ विकेटले हराएको । ५९ रनको लक्ष्य बागमतीले सातौं ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । इशान पाण्डेले २२ रन बनाए ।

आशुतोष घिरैया १९ र शुभ कंसाकार १६ रनमा अविजित रहे । कर्णालीका दिपेन्द्र रावतले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली बागमतीको घातक बलिङसामू टिक्नै सकेन । १९.१ ओभरमा कर्णाली ५८ रनमा अलआउट भयो । सुनिल धमलाले सर्वाधिक १५ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

रिजनले ५.१ ओभरमा १९ रन दिएर ५ विकेट लिए । सुर्यले ७ ओभरमा १७ रन दिएर ४ विकेट लिए ।

यस जितले बागमती ८ खेलमा ८ अंकसहित शीर्ष ४ मा परेर एलिट ट्रफी खेल्ने सम्भावना बलियो बनाएको छ । कर्णालीको समान अंक भएपनि नेटरनरेटमा समस्या देखिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours