११ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले एप्पल सेक्युरिटिज (ब्रोकर नम्बर १०१)लाई तीन दिनका लागि निलम्बन गरेको छ ।
तोकिएको समयभित्र राफसाफ कार्य नगरेको भन्दै सीडीएस एण्ड क्लियरिङले पठाएको पत्रका आधारमा निलम्बन गरिएको नेप्सेले जनाएको छ ।
दोस्रो बजारमा सेयर किनबेच भएको तीन दिन (टी प्लस थ्री)मा कारोबार राफसाफ गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थालाई पालना नगरेको भन्दै नेप्सेले निलम्बन गरेको हो ।
+ There are no comments
Add yours