११ चैत, दाङ । दाङको घोराही उपमहानगरपालिका-९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा भयानक आगलागी भएकाे छ । रातिदेखि लागेकाे आगाे अझै नियन्त्रणमा आउन सकेकाे छैन । आगाे पूरै ननिभाई कति क्षति भयाे भन्ने एकिन छैन । तर, कराेडौँ रुपैयाँकाे क्षति भएकाे अनुमान छ ।
विद्युत् सर्ट भएर लागेकाे आगोका कारण छेउकाे बस्तीका करिब ३ दर्जन घर उच्च जोखिममा छन् । जोखिममा रहेका घरका सामान बाहिर निकाल्ने र स्थानीयलाई सुरक्षित स्थानमा सारिएकाे प्रहरीले जनाएकाे छ ।
घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट ल्याइएका दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहे पनि सफलता मिलेकाे छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयबासी आगाे निभाउन खटिएका छन् ।
हेरौँ तस्बिरहरूः



+ There are no comments
Add yours