सामाजिक सुरक्षा कोषमा हालसम्म ७५ अर्ब ७५ करोड जम्मा, भुक्तानी १३ अर्ब

११ चैत, काठमाडाैं । सामाजिक सुरक्षा कोषमा ७५ अर्ब रुपैयाँ जम्मा भएको छ । २०६७ साल चैत्र ७ गतेदेखि स्थापना भएको कोषमा हालसम्म ७५ अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको हो ।

जम्मा भएको रकममध्ये कोषले १३ अर्ब ३७ करोड रुपैयाँ योगदानकर्ताहरुलाई भुक्तानी गरेको छ । कोषले चैत्र १ गतेसम्म दुई लाख दुई हजार नौ सय छ जना योगदानकर्ताहरुलाई छ लाख सात हजार दुई सय चौबिस पटक गरि उक्त रकम भक्तानी गरेको हो ।

कोषमा सबै भन्दा बढी वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत ६१ अर्ब ७३ करोड ५५ लाख ८७ हजार ७ सय ४० रुपैँया जम्मा भएको छ । कोषले उक्त योजना अन्तर्गत ११ अर्ब २० करोड ८० लाख ९४ हजार ३ सय ९१ रुपैयाँ भुक्तानी पनि गरिसकेको छ ।

यस्तै, कोषले औषधी उपचार स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत २ अर्ब ९ करोड ८९ लाख ९८ हजार ७१ रुपैया जम्मा गरेको छ भने उक्त योजनामा जम्म भएको १ अर्ब ७७ करोड ९२ लाख ५ हजार नौ सय १५ रुपैयाँ भुक्तानी गरिसकेको छ ।

यस्तै कोषले दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनाबाट ४ अर्ब ७० करोड ५१ लाख ७७ हजार ३ सय ६० रुपैयाँ जम्मा भएको छ । उत्त, योजना अन्तर्गत जम्मा भएको १७ करोड ६६ लाख १५ हजार ६ सय ६३ रुपैया भुक्तानी गरिसकेको छ । कोषले आश्रित परिवार सुरक्षा योजना अन्तर्गत भने २१ करोड १५ लाख ८५ हजार ३ सय ८२ रुपैयाँ भुक्तानी गरेको छ ।

कोषमा वैदेशिक १५ लाख १० हजार ६३ जना, अनौपचारिक ४ सय ४६ जना, स्वरोजगार ३ सय ७ जना गरि जम्मा २० लाख ७९ हजार ४ जना श्रमिक सुचिकृत भएका छन् । कोषमा सबैभन्दा बढी वैदेशिक रोजगारीमा रहेका श्रमिक दर्ता भएका छन् । कोषमा २० हजार २ सय ४४ जना रोजगारदाताहरुबाट ५ लाख ६८ हजार १ सय ८८ जना योगदानकर्ता आबद्ध भएका हुन् ।

कोषमा आबद्ध श्रमिकले के–कस्ता पाउँछन् सुविधा ?

(क) औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना (१ प्रतिशत)

१.योगदानकर्ता वा निजको पति या पत्नीको हरेक आर्थिक वर्ष १ लाख रुपैयाँसम्मको उपचार खर्च ।
२. तीन महिनासम्मको शिशुको उपचार खर्च ।
३. १० लाख रुपैयाँसम्मको घातक रोगको उपचार खर्च ।
४. योगदानकर्ता वा योगदानकर्ताकी पत्नी सुत्केरी भएमा एक महिनाको न्यूनतम पारिश्रमिक (हाल रु। १५,०००) बराबरको शिशु स्याहार खर्च ।
५. महिला योगदानकर्ता भए आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले बढीमा ३८ दिनसम्मको प्रसूति बिदा बापतको रकम ।
६. योगदानकर्ता बिरामी भई अस्पताल भर्ना भए उपचार गराउँदा वा डाक्टरको सिफारिसमा बेड रेस्टमा बस्दा वार्षिक अधिकतम १३ हप्तासम्मको बिदा बापतको रकम ।

(ख) दुर्घटना तथा अशक्तता सुरक्षा योजना (१.४ प्रतिशत)

१. कामको सिलसिलामा भएको दुर्घटना र व्यवसायजन्य रोगको सम्पूर्ण उपचार खर्च ।
२. अन्य दुर्घटनाको हकमा वार्षिक सात लाख रुपैयाँसम्मको उपचार खर्च ।
३. कामको सिलसिलामा हुने दुर्घटनाको कारण योगदानकर्ता अशक्त भएमा
(अ) स्थायी पूर्ण असक्षमता भए पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन । (मुद्रास्फीति समायोजनको व्यवस्था)
(आ) अस्थायी पूर्ण असक्षमता भए काममा नफर्किउन्जेलसम्मका लागि पारिश्रमिकको मासिक ६० प्रतिशत ।
(इ) स्थायी आंशिक असक्षमता भए असक्षमताको प्रतिशतका आधारमा पारिश्रमिकको ६० प्रतिशत रकमलाई शतप्रतिशत मानेर आजीवन । (मुद्रास्फीति समायोजनको व्यवस्था)

(ग) आश्रित परिवार सुरक्षा योजना (०।२७ प्रतिशत)

१.योगदाकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति या पत्नीले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको सम्पूर्ण रकम प्रतिफलसहित फिर्ता पाउने ।
२. मृतक योगदानकर्ताका बालबच्चा (२ जनासम्म) ले पारिश्रमिकको ४० प्रतिशत रकम १८ वर्ष उमेर नपुग्दासम्म मासिक रुपमा पाउने । अध्ययन निरन्तर भए २१ वर्षको हुँदासम्म पाउने तर शारीरिक वा मानसिक रुपमा असक्षम सन्ततिको हकमा उमेर हद लागू नहुने ।
३. योगदाकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति या पत्नीले पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन । ९मुद्रास्फीति समायोजनको व्यवस्था०
४. अविवाहित योगदानकर्ताको हकमा निजको आश्रित बाबु या आमाले सो सुविधा पाउने ।
५. योगदानकर्ताको अन्तिम संस्कार खर्चबापत एकमुष्ठ रु। २५ हजार आश्रित परिवारले पाउने ।

(घ) वृद्ध अवस्था सुरक्षा योजना

१.निवृत्तभरण योजना (२० प्रतिशत)
(अ) योगदानकर्ताको उमेर ६० वर्ष पुगेपछि यस योजनामा जम्मा भएको प्रतिफलसहितको रकमलाई १६० ले भाग गरी आउने रकम मासिक रुपमा आजीवन निवृत्तभरण । (मुद्रास्फीति समायोजनको व्यवस्था)
(आ) निवृत्तभरण लिन सुरु गरेको १८० महिना नपुग्दै मृत्यु भएमा निजको पति वा पत्नीले ५० प्रतिशत रकम आजीवन निवृत्तभरणबापत पाउने ।
२. अवकास सुविधा योजना (८.३३ प्रतिशत अनिवार्य र स्वेच्छिक)
(अ) अन्य अवकास कोषमा भएको रकम हस्तान्तरण भई आएमा यसै योजनामा जम्मा हुने ।
(आ) योगदानकर्ताले स्वेच्छिक रुपमा जम्मा गर्न चाहेमा रकम जम्मा गर्न सक्ने ।
(इ) सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३ गुणाभन्दा बढी रकम निवृत्तभरण सुविधा योजनामा जम्मा हुने भएमा बढी भएजति रकम अवकाश सुविधा योजनामा जम्मा गर्न सकिने ।
(ई) रोजगारीको अन्त्य हुँदा वा अवकास हुँदा यस योजनामा जम्मा भएको रकम प्रतिफलसहित भुक्तानी पाउने ।
(उ) योगदानकर्ता यस योजनाको रकमबाट जम्मा गरेको ३६ महिना पूरा भएपछि अधिकतम ८० प्रतिशतसम्म सापटी सुविधा पाउने ।

कर छुट सुविधा

१. करयोग्य आयको एक तिहाइ वा ५ लाखमध्ये जुन कम हुन्छ, त्यो रकम सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले कोषमा जम्मा गरेमा आयकर प्रयोजनका लागि घटाउन पाउने ।
२. कोषमा योगदान गर्ने योगदानकर्तालाई सामाजिक सुरक्षा कर छुट हुने ।

कोषमा कसरी सहभागी हुने ?
सामाजिक सुरक्षा कोषमा रोजगारदाताहरुले अनलाइन मार्फत सहभागी हुन सक्ने छन् । कोषको वेवसाइट www.ssf.gov.np open गरेर SOSYS Online Registrations मा गई आबद्ध हुन सकिन्छ । SOSYS Online Registrations गएपछि रोजगारदाताको अनलाइन रजिष्ट्रेसन भरेपछि सामाजिक सुरक्षा कोषबाट प्रमाणपत्र सहित सामाजिक सुरक्षा नम्बर, युजर नेम र पासवर्ड प्राप्त गर्न सकिन्छ। त्यस पश्चात श्रमिकको विवरण भरेर आबद्ध हुन सकिने छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours