ओम मेगाश्रीको आईपीओ मंगलबार बाँडफाँड हुने

१० चैत, काठमाडौँ । ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपीओ मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आइपीओ मंगलबार बिहान ९ बजे बाँडफाँड गर्ने तयारी गरिएको हो । प्रि–अलोटमेन्ट भने आजै सक्ने क्लापिटलले जनाएको छ ।

आईपीओमा १९ लाख ८८ हजार ८३३ जनाले २ करोड ३६ लाख ९१ हजार ५१० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन मागभन्दा १६.०५ गुणा बढी हो । लगानीकर्ताले १९ लाख ८८ हजार ८३३ जनाले आवेदन दिदा २ अर्ब ३६ करोड ५९ लाख १२ हजार रुपैयाँ संकलन भएको छ ।

मागभन्दा बढी आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथाद्धारा बाँडफाँड हुनेछ । आवेदन दिएका मध्ये भाग्यमानी १ लाख ४७ हजार ६०० जनाले १०/१० कित्ताका दरले शेयर हात पार्नेछन् । अन्य १८ लाख ४१ हजारको भने हात खाली हुने भएको छ । कम्पनीले फागुन २७ गतेदेखि चैत ३ गतेसम्म १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours