४ लाखसहित जुवातास खेलेको आरोपमा १६ जना पक्राउ

१० चैत, काठमाडौं । ४ लाखसहित जुवातास खेलेको आरोपमा १६ जना नुवाकोट पक्राउ परेका छन् ।

शिवपुरी गाउँपालिका–६ खोले गाउँ बस्ने ३२ वर्षीय सुरेन्द्र तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सुरेन्द्र समेत १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १२ हजार ८ सय रूपैयाँ, ६ बुक तास र ३२ थान कौडा सहित पक्राउ गरेको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours