१० चैत, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले गैरहाजिर भएका आफ्ना कर्मचारीको खोजी गरेको छ ।
आइतबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले सम्पर्कमा आउन भनेको छ ।
माघ महिनादेखि हाजिर नभएका २ जना प्रहरी सहायक निरीक्षकसहित १६ जनालाई उपस्थित हुन भनिएको छ ।
७ दिनको म्याद दिएर गैरहाजिर हुनको कारणसहित हुन सूचनामा उल्लेख छ ।
तोकिएको म्यादमा सन्तोषजनक स्पष्टीकरणसहित सम्पर्कमा नआए प्रहरी नियमावली अनुसार कारबाही गरिने कार्यालयले जनाएको छ ।
+ There are no comments
Add yours