१० चैत, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतिताला ९०० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज एक तोला चाँदी १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार एक तोला चाँदी १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तरराष्ट्रिय बजारको आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार २२ .९५ अमेरिकी डलर र चाँदी ३३.०३ डलरमा कारोबार भइरहेको छ ।
+ There are no comments
Add yours