नयाँदिल्ली- १५ वर्षभन्दा माथिको उमेरमा पछिल्ला वर्षमा मिर्गौला रोगको समस्या बढ्दो छ। लोकप्रिय जर्नल ‘नेफ्रोलोजी’मा प्रकाशित रिपोर्टअनुसार ग्रामीण भेगमा क्रोनिक किडनी डिजिजको समस्या गम्भीर पाइएको छ।
गाउँमा १५.३४ प्रतिशत मानिसमा मिर्गौला रोगको समस्या चर्को देखिएको छ। जब कि, शहरी इलाकामा १०.६५ प्रतिशत मानिस मात्र यसको चपेटामा छन्।
मिर्गौला रोगको मुख्य कारण खराब जीवन शैली तथा दैनिक जीवनका स-साना गलत आदत हुन्। तिनै आदतले हाम्रो मिर्गौला खराब हुन पुग्छ।
यी १० गलत आदत
– आवश्यकताभन्दा कम पानी पिउनु
– आवश्यकताभन्दा बढी नुन सेवन गर्नु
– अत्यधिक प्रोसेस्ड फुड र जंक फुड खानु
– सानो समस्या भयो कि दुखाइ कम गर्ने औषधि सेवन गरिहाल्नु
– अत्यधिक चिनी र गुलिया वस्तु खानु
– प्रोटिन डाइट अत्यधिक खानु
– दैनिक ७ घण्टाभन्दा कम निदाउनु
– अत्यधिक चुरोट र मदिरा सेवन गर्नु
– पिसाब रोकेर राख्ने बानी
– शारीरिक व्यायाम गर्दै नगर्नु
भास्कर डट कमबाट
+ There are no comments
Add yours