आगलागी नियन्त्रण भएपछि सुचारु भयो लण्डनकाे हिट थ्रो विमानस्थल

०९ चैत्र, लण्डन । विमानस्थल नजिकै आगलागी भएका कारण रोकिएको लण्डनको हिट थ्रो विमान स्थलबाट फेरि उडान सुरु भएको छ।

युरोपको सबैभन्दा व्यस्त विमानस्थल मानिएको हिट थ्रोको नजिकै एक दिन अघि लागेको आगोका कारण धेरै यात्रु अलपत्र परेका थिए। शनिबार पूर्णरूपमा सेवा दिन एयरपोर्ट सफल हुने अनुमान गरिएको छ।

आगलागीको कारण पत्ता लगाउन आतङ्कवाद विरोधी प्रहरी निकाय सक्रिय रहे पनि अहिलेसम्म आगलागीमा कसैको संलग्नता देखिएको छैन। शनिबार बिहान हिट थ्रोमा पुग्ने गरी ६ वटै महादेशबाट त्यसतर्फ विमानले उडान भरिसकेका छन्। हङकङ, जोहन्सबर्ग र साओपावलोबाट ब्रिटिस एयरवेजका विमान त्यसतर्फ गइरहेका छन्।

विमानस्थल सुचारु हुने क्रममा सबै भन्दा पहिलो शुक्रबार करिब ११ बजे ब्रिटिस एयरवेजको विमान साउदी अरेबियाको रियादतर्फ गएको थियो। ब्रिटिस एयरवेजले शनिबारका ८५ प्रतिशत उडान हुने जनाएको छ। साथै केही डिले हुने पनि जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours