०८ चैत, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान सरकार परिवर्तन गर्ने आशयमा नरहेको आफूले पाएको बताएकी छन् ।
छिमेकी राष्ट्र भारतको भ्रमण सकेर शुक्रबार नेपाल फर्किएकी मन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिबारे धेरै कुरा नभएको भएपनि भारतीय पक्षको समर्थन भने लोकतान्त्रिक गतिविधिलाई नै रहने पाएको बताइन् ।
‘यहाँको राजनीतिक गतिविधिको बारेमा धेरै कुरा त गरेनौं । तर उहाँहरूको सपोर्ट चाहिँ डेमोक्राटिक सिस्टमलाई नै छ भन्ने कुरा उहाँहरूको हरेक गतिविधिबाट हामीले बुझ्न जरुरी छ,’ राणाले भनिन्, ‘अहिलेको सरकारसँग एकदमै इन्गेज्ड हुनुहुन्छ । सरकारको सिस्टमनै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ ।’
उनले समकक्षीको हिसाबमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता भएको बताइन् । प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने आफूले भेटका लागि प्रस्ताव नै नगरेको उनको भनाइ छ ।
‘भारतीय विदेशमन्त्रीसँग समकक्षीको हिसाबले भेट मागेको हो । र मैले भेटेको पनि हुँ । मोदीजीसँग भेट मागिएको पनि होइन । भेट पनि भएन,’ राणाले भनिन् ।
+ There are no comments
Add yours