नेपाल निर्माण व्यवसायी महासंघ र चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसनबीच सम्झौता

०८ चैत, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसनबीच सम्झौता भएको छ ।

शुक्रबार काठमाडौंमा भएको सम्झौतामा नेपाल निर्माण व्यवसायी महासंघ (फक्यान)को तर्फबाट अध्यक्ष रवि सिंहले हस्ताक्षर गर्नुभयो भने चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसन (चिनका)को तर्फबाट फाङ किउचेनले हस्ताक्षर गर्नुभयो ।

चीन–नेपालबीच सहकार्यको माध्यमबाट नेपालको भौतिक पूर्वाधार क्षेत्रमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले दुई देशबीच एमओयु भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले बताउनुभयो ।

चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसन (चिनका)को तर्फबाट फाङ किउचेनले एमओयूले दुई देशबीच सहकार्य स्थापना गर्नबाटो खुलेको बताउनुभयो ।

सम्झौताले दुवै देशका व्यवसायिक संस्थाहरूलाई नजिकबाट मिलेर काम गर्ने अवसर दिने उहाँको भनाई छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours