नयाँ ग्यालेक्सी ए ५६ ५ जी स्मार्टफोनको प्रि-अर्डर घोषणा, बजारमा कहिले आउँछ ?

०८ चैत, काठमाडौं । सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए ५६ ५ जी स्मार्टफोनको प्रि-अर्डर घोषणा गरेको छ ।

२१ मार्चदेखि २४ मार्च २०२५ सम्म (वा स्टक रहुञ्जेल), उपभोक्ताहरूले नयाँ ग्यालेक्सी ए ५६ ५ जी प्रि-अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी ए ५६ ५ जीले पहिलो पटक ‘अवेसम इन्टेलिजेन्स’ सहितको एआई अनुभव ल्याएको छ। वान युआई ७ द्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली एआई टुलहरू प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नयाँ उचाइमा कम्पनीको दाबी छ।

साथै, यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी ए श्रृंखलामा सामेल भएको नयाँ अवेसम इन्टेलिजेन्सले कम्पनीको ‘एआई फर अल’ अभियानलाई अझ मजबुत बनाइरहेको बताए ।

जसअनुसार २ हजार रुपैयाँ तिरेर ग्यालेक्सी ए ५६ ५ जी प्रि-अर्डर गर्न सकिनेछ। कम्पनीले प्रि-अर्डरमा अफरहरू समेत सार्वजनिक गरेको छ । प्रि-अर्डर गर्ने ग्राहकहरूले ७ हजार ९ सय ९९ रुपैयाँ मूल्य पर्ने ग्यालेक्सी फिट ३ केवललाई ३ हजार ९ सय ९९ रुपैयाँमा नै पाउनेछन् ।

कम्पनीका अनुसार १२ जिबी र्याम र २५६ जिबी स्टोरेज भएको ए ५६ ५ जीको मूल्य ७० हजार ९ सय ९९ सय रुपैयाँ र ८ जिबी र्‍याम र २५६ जिबी स्टोरेज भएको ए ५६ ५ जीको मूल्य ६५ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ । कम्पनीले यो फोन ग्राफाइट र लाइट ग्रे र ओलिभ रङ गरी तीन विकल्पमा रहेको जनाएको छ ।

कम्पनीका अनुसार ‘सबको फोन’ र अर्को स्टोर’ मार्फत पुरानो फोन साटेर नयाँ ग्यालेक्सी ए ५६ ५ जीमा अपग्रेड गर्ने सुविधा पनि दिइएको छ ।

सामसङ इन्स्टा फाइनान्स सेवा अन्तर्गत हुलास फिनसर्भ हाइअर पर्चेज लिमिटेडमार्फत देशभरका आधिकारिक सामसङ स्टोरहरूमा शून्य प्रतिशत ब्याजदरमा सजिलो इएमआई योजनामा पनि उपलब्ध गराइएको जनाएको छ । यस प्रक्रियाका लागि केवल नागरिकता प्रमाणपत्रको आवश्यकता पर्नेछ ।

ग्यालेक्सी ए ५६ ५ जीको २४ मार्च २०२५ बाट बजारमा बिक्री सुरू गरिने कम्पनीको तयारी छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours