होटल मेक्योरमा खुल्यो इटालियन रेस्टुरेन्ट ‘सोप्रा इटालियानो’

०८ चैत, काठमाडौं । पाँचतारे होटल मेक्योरमा इटालियन रेस्टुरेन्ट ‘सोप्रा इटालियानो’ सञ्चालनमा आएको छ ।

यो रेस्टुरेन्टले इटालीको स्वाद काठमाडौंवासी समक्ष पस्किएको होटलको भनाइ छ । नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभलले रेस्टुरेन्ट उद्घाटन गरिन् ।

रेस्टुरेन्टमा इटालियन पिज्जा, पास्ता सहितका परिकार र मिठाईको स्वाद लिन सकिने होटलको भनाइ छ । काठमाडौं सुकेधारामा रहेको यो होटल गत माघदेखि औपचारिक सञ्चालनमा आएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले होटल उद्घाटन गरेका थिए । मेक्योर ब्रान्डमा ६० भन्दा बढी देशमा होटल खुलेका छन् । विश्वभरि यस समूह अन्तर्गत १ हजारभन्दा बढी होटल सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।

नयाँ रेस्टुरेन्टले स्थानीय ग्राहक तथा अन्तर्राष्ट्रिय यात्रु आकर्षित गर्ने लक्ष्य राखेको समेत कम्पनीको भनाइ छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours