०८ चैत, काठमाडौं । माछापुच्छ्रे बैंक कोष प्रवर्द्धक रहेको तथा माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको ‘एमबीएल इक्विटी फन्ड’ का सम्पूर्ण इकाइ आवेदन बन्द हुने मितिको अन्तिम दिनको कार्यालय समय सकिनु अघि नै पूरै बिक्री भएको छ ।
२२ फागुनदेखि निष्कासन तथा बिक्री खुला गरिएको एमबीएल इक्विटी फन्डको अन्तिम आवेदन ७ चैतसम्म तोकिएको थियो ।
एमबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने १२ वर्षे बन्दमुखी प्रकृतिको एमबीएल इक्विटी फन्डको प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइ बिक्रीमा ल्याइएको थियो ।
यस फन्डले बीउ पूँजीबापत १५ प्रतिशत इकाइमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाइ कोष प्रवर्द्धक कम्पनी माछापुच्छ्रे बैंकलाई बिक्री गरेको थियो ।
एक प्रतिशत अर्थात् १२ लाख इकाइ योजना व्यवस्थापक कम्पनी माछापुच्छ्रे क्यापिटललाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।
+ There are no comments
Add yours