०८ चैत, काठमाडौं । लेखक बुद्धिसागरले कलिङ इन्टरनेसनल लिटेररी अवार्ड पाएका छन् ।
भारतको उडिसास्थित भुवनेश्वरमा आयोजित कलिङ आर्ट फेस्टिभलमा उडिसा राज्यका गभर्नर हरिबाबु खम्बापतिले बुद्धिसागरलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।
नेपाली साहित्यमा पाँच कृति र अनुवाद मार्फत दक्षिण एसियाली वाङमयलाई समृद्ध बनाएको भन्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको आयोजक कलिङ आर्ट फेस्टिभलका डाइरेक्टर रश्मीरञ्जन परिदाले जानकारी दिए ।
लेखक बुद्धिसागरका कर्णाली ब्लुज, फिरफिरे, एक्लो, उसले दिएको उमेर पुस्तक प्रकाशित छन् ।
शुक्रबारदेखि सुरु भएको उक्त फेस्टिभल ३ दिनसम्म चल्ने छ ।
+ There are no comments
Add yours