जेको ब्राण्डका दुई एसयूभी नेपाल आउँदै, मूल्य निकै आकर्षक हुने

०७ चैत, काठमाडौं । चेरीको न्यू इनर्जी ब्राण्ड ओमोडा/जेकोले नेपालमा एक वर्ष पुरा गरेको अवसरमा छिट्टै दुई नयाँ मोडल नेपाल ल्याउने घोषणा गरेको छ । आधिकारीक बितरक एसपीजी अटोमोवाइल कम्पनीले दुई एसयूभी ल्याउने घोषणा गरेको हो ।

एक वर्ष पुरा गरेको अवसरमा कम्पनीको विगत र भोलिको योजनाका बारेमा आफ्नो प्रस्तुति राख्दै कम्पनीका सेल्स एण्ड मार्केटिङका जनरल मेनेजर ज्ञानेन्द्र चन्दले भने, ‘पहिलो वर्ष उपभोक्ताले बलियो साथ दिए । अबको २/३ महिना भित्रै दुई नयाँ एसयूभी लिएर आउने छौं ।’

चन्दका अनुसार नयाँ एसयूभीको मूल्य अटोमोवाइल क्षेत्रकै आकर्षक हुनेछ ।

कम्पनीले दुबै मोडल जेको ब्राण्डमा ल्याउने छ । एउटा मोडल जेको जे-५ र अर्को जेको भी-२३ हुनेछ । यी दुबै फरक डिजाइनमा उपलब्ध एसयूभी हुन् । यी दुई मोडल थप भएसँगै कम्पनीसँग ४ मोडलका विभिन्न भेरियन्ट उपलब्ध हुनेछ ।

जेको जे-५

जेकोले नेपाल ल्याउने जे-५ को धेरै फिचरहरुको जानकारी बाहिर आएको छैन । कम्पनीले यसलाई २०० किलोवाटको मोटरमा ल्याउने अनुमान गरिएको छ । साथै, रेन्ज ५०० किलोमिटर माथि हुने विभिन्न रिपोर्टहरुले दावी गरेका छन् ।

जेको जे-५ को लम्बाई ४३८०, चौडाई १८६० र उचाई १६५० एमएम छ । जुन अहिले बजारमा रहेको जे-६ भन्दा केही सानो हो । तर, बडी डिजाइनमा भने जे-६ र जे-५ मा निकै ठूलो अन्तर पाउन सकिन्छ ।

जे-५ एसयूभीमा २६२० एमएम लामो ह्वीलवेस रहने छ । बी सेग्मेन्ट एसयूभी रुपमा आउन लागेको जे-५ धेरै टेक्नोलोजी, स्टाइल र व्यावहारिकतालाई सोचेर तयार परेको कम्पनीको दावी छ ।

यसको फ्रन्ट ग्रीलमा दिएको वाटरफल जस्तो देखिन भर्टिकल स्ल्याट र मोर्डन डिजाइनको रेक्ट्रयाङ्गुलर एलइडी हेडलाइटको कम्बिनेशन एसयूभीलाई मोर्डन बनाउन प्रयाप्त छ । यसको पछाडि दिएको स्लीक लेटलाइट हाउजीङले ट्रेन्डी कनेक्टेडभन्दा फरक देखाएको छ ।

जेकोले जे-५ एसयूभीको ड्यासबोर्डमा १३.२ इन्चको भर्टिकल इन्फोटेन्मेन्ट स्कृन दिनेछ । टु स्पोक स्टेरिङ ह्वील र त्यसको पछाडि दिएको इन्ट्रुमेन्ट क्लस्टर स्टाइल र सूचना दिन सहज देखिएको छ ।

यसको क्याविन डिउल टोनको लेदर फिनिसिङमा उपलब्ध हुन्छ । पानारोमिक सनरुफ, पावर टेलगेट, फुल साइज स्पेयर ह्वील, ४८० लिटरको बुटस्पेशमा उपलब्ध हुनेछ ।

जेको भी-२३

चीनमा बिक्री भइरहेको आई कार भी-२३ मोडल सहरी क्षेत्र र अफरोडको लागि उपयोगी मानिन्छ । रियर ह्वील र अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध एसयूभी नेपालमा जेको भी-२३ नामबाट आउने छ । तर, कुन ड्राइभिङ सिस्टममा नेपाल आउँछ अहिल्यै एकिन छैन ।

जेको भी-२३ मोडलमा ५९.९३ र ८१.७६ किलोवाट आवरको दुई ब्याट्री अप्सन छ । सानो ब्याट्री एलएफपी हो भने, ठूलो ब्याट्री टर्नरी लिथियम हो । यी ब्याट्रीको रेन्ज क्रमशः ४०१ र ५०१ किलोमिटर रहेको सीएलटीसीले प्रमाणित गरेको छ ।

यो अफरोड मेसिनलाई पावर दिन पछाडि १०० किलोवाट र अगाडि ५५ किलोवाट क्षमताको मोटर दिइएको छ । रियर ह्वील ड्राइभमा १०० किलोवाटको मोटर रहने छ । अलह्वील ड्राइभको संयुक्त पावर १५५ किलोवाट हो ।

भी-२३ को ड्यासबोर्डको बीचमा १५.४ इन्चको स्क्रीन र २.५ के सेन्ट्रल कन्ट्रोल स्क्रीन यसमा पाउन सकिन्छ । गाडीको साइज पनि ठिक्कको छ । यसको लम्बाइ ४२२० एमएम, चौडाइ १९१५ एमएम र उचाइ १८४५ एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । गाडीमा भेरियन्ट अनुसार २०० र २१० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसको डिपार्चर एङ्गल ४० र अप्रोच एङ्गल ४२ डिग्री रहने छ ।

एडास फिचर उपलब्ध कारमा होराइजन रोबटिक जे-३ चीप प्रयोग भएको छ । कम्पनीले यसको अगाडि ८ मेगापिक्सल र ३ मेगापिक्सलको सराउन्ड भ्यू क्यामेरा दिइएको छ । फाइभ मिलिमिटर वेभ राडार, १२ अल्ट्रासोनिक राडार, हाइ स्पीड नेभिगेसन, इमर्जेन्सी लेन किपिङ, ट्राफिक जाम एसिस्ट, अटोमेटीक पार्किङ, रिमोट पार्किङ र मेमोरी पार्किङ जस्ता फिचर छन् ।

जेकाे भी-२३ मा स्क्वायर बक्स सेपमा तयार भएको हाडकोर अफरोड एसयूभीको अगाडि स्मोक्ड फ्रन्ट ग्रिल, राउन्ड हेडल्याम्प, रुफ लगेज र्याक, हिडन डोर ह्याण्डल दिइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours