फागुनमा बाहिरिए ६८ हजार नेपाली, आठ महिनामा श्रम स्वीकृती लिनेको संख्या ५ लाख नाघ्यो

०७ चैत, काठमाडौँ । चालु आर्थिक वर्ष (२०८१/८२) को फागुनमा मात्रै ६८ हजार बढीले देश छोडेका छन् । फागुनमा मात्रै ६८ हजार ९६३ जनाले श्रम स्वीकृती लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । जुन गत आर्थिक वर्षको भन्दा ६८ हजार भन्दा धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा ४ लाख ७१ हजार युवाले श्रम स्वीकृति लिएका थिएन् । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिने युवाको संख्या हो ।

चालु आर्थिक वर्षको पहिलो ८ महिनामा ५ लाख ३४ हजार ४७१ जनाले श्रम स्वीकृती लिएका छन् । अघिल्लो वर्ष ८ महिनामा ४ लाख ७१ हजार युवाले श्रम स्वीकृति लिएका थिए ।

विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६ र पुसमा ६७ हजार २५८ जना, माघमा ७२ हजार ४४१ जना र फागुनमा ६८ हजार ९६३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।

फागुनमा श्रम स्वीकृति लिनेमा ६१ हजार ५९५ जना पुरुष र ७३६८ जना महिला रहेका छन् । चालु आसर्थक वर्षमा श्रम स्वीकृती लिने मध्ये ४२ हजार ४४६ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने बाँकी २६ हजार ५१७ जना पुनः श्रम स्वस्कृती लिएका छन् ।

कुन जिल्लाबाट कति बाहिरिए ?

चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) सम्म सबैभन्दा धेरै धनुषाबाट ३ हजार ७०१ जनाले श्रम स्वीकृती लिएका छन् । यस्तै, झापाबाट ३ हजार २४० जनाले श्रम स्वीकृती लिदा मोरङबाट २ हजार ७९४, सिराहाबाट २ हजार ६५९, महोत्तरीबाट २ हजार ४१९, सुनसरीबाट २ हजार १६५ , रुपन्देहीबाट २ हजार १४९ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

सीप नै नसिकी बाहिरिए २० हजार

चालु आर्थिक वर्षमा बाहिरिएका मध्ये २० हजार युवा रोजगारीको सिलसिलामा कुनै पनि सिप नै नसिकी बाहिरिएका छन् । सरकारले वैदेशिक रोजगारीमा जानेलाई सीप अनिवार्य गरेतापनि अझै पनि बिना कुनै सिप बाहिरिनेको संख्या घट्न सकेको छैन । ८ महिनामा मात्रै २० हजार ८२४ जना युवा बिना कुनै सीप बाहिरिएका छन् । जसमध्ये १८ हजार ७७५ जना पुरुष छन् भने २ हजार ४९ जना महिला रहेका छन् ।

यस्तै, कुनै न कुनै सीप सिकेर ३४ हजार ७४९ जना पुरुष र ४ हजार ५७७ जना महिला गरी कूल ३९ हजार ३२६ जना रोजगारीको लागि पलायन भएका छन् । सो अवधिमा ८ हजार ३४३ जना अर्धदक्ष कामदार बाहिरिएका छन् । यस्तै विज्ञता हासिल गरेका र उच्च दक्ष कामदार भने न्युन मात्रामा मात्र बाहिरिएको तथ्यांकले देखाएको छ । विज्ञता हासिल गरेका ४१८ जना बाहिरिदा उच्च दक्ष कामदार भने ५२ जना मात्रै बाहिरिएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours