पुनर्बीमाका लागि मुद्रा सटही सिफारिस प्रक्रियामा प्राधिकरणको कडाइ

०७ चैत, काठमाडौं । बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई अन्य मुलुकमा पुनर्बीमा गर्दा आवश्यक प्रक्रियामा कडाइ गरेको छ ।

स्वदेशी पुनर्बीमा कम्पनीले अस्वीकार गरेको अवस्थामा मात्रै अन्य मुलुकमा पुनर्बीमा गर्न पाउने व्यवस्था छ । अहिले प्राधिकरणले पुनर्बीमाका लागि विदेशी मुद्रा सटही सिफारिस प्रक्रियामा कडाइ गरेको छ ।

बीमकले प्राधिकरणमा मुद्रा सटहीको सिफारिस पेश गर्दा स्वदेशी पुनर्बीमकलाई प्रस्ताव गरी अस्वीकार गरेको प्रमाण पेश गर्नुपर्नेछ । त्यस्तै बीमकले पुनर्बीमा बापत विदेशी मुद्रा भुक्तानी गरेपछि प्रत्येक त्रैमास सकिएको १५ दिनभित्र विदेशी पुनर्बीमकले भुक्तानी बुझिलिएको प्रमाण समेत प्राधिकरणमा पेश गर्नुपर्ने भएको छ ।

विदेशी मुद्रा सटही सिफारिसका लागि प्राधिकरणमा पेश गर्ने पत्रमा कम्पनीको सीईओले नै हस्ताक्षर गर्नुपर्ने भएको छ ।

बीमकले विदेशी मुद्रा सटहीको लागि पेश गर्ने सबै संलग्न कागजातको प्रतिलिपीमा बीमकको छापसहित सम्बन्धित कर्मचारीले हस्ताक्षर गर्नुपर्ने तथा ‘सक्कलबमोजिम नक्कल ठीक छ, झुटा ठहरिए कानुन बमोजिम सहुँला, बुझाउँला’ भनी प्रतिवद्धता व्यक्त गर्नुपर्ने भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours