जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा नेपाल विद्यार्थी संघ चौथो पटक बिजय

दिपु मिश्र

०७ चैत, चन्द्रपुर ।
चन्द्रनिगाहपुर स्थित जनज्योती बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ चौथो पटक बिजय बिजय भएको छ ।

मंगलबार भएको स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनको मतपरिणाम अनुसार सभापतिमा मोहमद नौसाद आलम ११७४, सचीवमा साहिल पुरीले ११२८ र कोषाध्यक्षमा सम्झना कुमारी चौधरीले ११४८ मत प्राप्त गरी चौथो पटक बिजयी भएका हुन ।

बिजयी हुनेमा बिकास कुमार दासले ११५८, रोहन श्रेष्ठले ११६३, रेजिना कुमारी काफलेले ११६४, पुष्पा कार्कीले ११७०, अर्जुन भटराईले ११५७, शुसिल कुमार पहरीले ११५५ र रितिक सिहले ११९५ मत प्राप्त गरे ।

यस्तै निकटतम प्रतिद्धन्द्धिमा अनेरास्ववियुका सभापतिका उम्मेदबार दामोदर उप्रेतीले २०३,सचीवमा शुभ श्रेष्ठले २३१ र कोषाध्यक्षमा अभिशेख कुमार चौधरीले २११ मत प्राप्त गरेका छन ।

यस्तै अखिल क्रातिकारीबाट सभापतिमा उम्मेदवारी दिएका अजय पटेलले १७०, सचीव सुस्मिता घलानले १८७ र कोषाध्यक्ष अनिसा चौधरीले १८१ मत प्राप्त गरेको निर्बाचन अधिकृत बिनोद तिमल्सिनाले जानकारी दिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours