०७ चैत, काठमाडौँ । सिद्धार्थ बैंक र एल।के।एस डेन्टल सोलुसनसबिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदानगर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बिजुलीबजार स्थित एल।के।एस् डेन्टल सोलुसनस् काठमाडौंमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा दाँत सम्बन्धी सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्ने छन् ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहनगर्ने क्रममा केहि समय अघिमात्रै ‘सिद्धार्थ रिवार्डस’ नामकलोयल्टी सेवापनि सञ्चालनमा ल्याएको छ ।
+ There are no comments
Add yours