०७ चैत्र, काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लादिमिरि जेलेन्स्कीले यसै वर्ष शान्ति प्राप्त हुने बताएका छन् । आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग सकारात्मक फोन वार्ता भएको उल्लेख गर्दै जेलेन्स्कीले यसै वर्ष शान्ति स्थापना हुने बताएका हुन् ।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत जेलेन्स्कीसँगको फोन वार्ता बढी जसो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीमा केन्द्रित रहेको भनी सोसियल पोष्ट गर्न भ्याएका छन् ।
फोन कुराकानीका क्रममा पुटिनले पूर्ण युद्धविराम प्रस्तावलाई भने अस्विकार गरेका थिए । यद्यपि, ट्रम्पले संवाद अझै नटुटेको र आइतबार फेरि कुराकानी हुने उल्लेख गरेका छन् ।
जेलेन्स्कीले यसअघि पुटिनको भाषा र शब्द वास्तविकता भन्दा निकै अलग रहेको र उनले युक्रेनमाथि नयाँ आक्रमण तथा निशाना साँधेको आरोप लगाएका थिए । त्यति मात्र नभई उनले आफ्नो उर्जा प्रणालीमा आक्रमण गरेको आरोप समेत लगाएका थिए ।
रुसको रक्षा मन्त्रालयले समेत कीवमाथि आफ्नो एक तेल भण्डारण प्रणालीलाई निशाना बनाएको दोष लगाएको थियो ।
+ There are no comments
Add yours