अन्तरिक्षमा अड्किएको ९ महिनापछि पृथ्वी फर्किँदाकाे सुनिता विलियम्स र बुच विलमोरकाे खुसी (तस्बिरहरू)

०६ चैत्र, काठमाडौँ । अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विलमोर अन्तरिक्षमा अड्किएको ९ महिनापछि पृथ्वीमा फर्किएका छन् ।

नेपाली समयअनुसार आज (बुधबार) बिहान ३ बजेर ४३ मिनेटमा जना अन्तरिक्ष यात्रीहरूलाई लिएर आएको क्याप्सुल फ्लोरिडाको किनार नजिक समुद्रमा अवतरण गरेको हो ।

अन्तरिक्षयानबाट बाहिर निस्किँदा उनीहरूका अनुहारमा मुस्कान थियो । पृथ्वीमा आइपुग्न उनीहरूलाई १७ घण्टा लागेको थियो ।

यानले पृथ्वीको वायुमण्डलमा तीव्र गतिमा पुनः प्रवेश गरेपछि चारवटा प्यारासुट खुले र फ्लोरिडाको किनारमा सुरक्षित रूपमा अवतरण गराइयो ।

नासाको वाणिज्यिक क्रू कार्यक्रमका प्रबन्धक स्टिभ स्टिचले क्रू सदस्यहरूको प्रशंसा गरे ।

सुनिता विलियम्स र बुच विलमोरले ५ जुन २०२४ मा परीक्षण यान स्टारलाइनरबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) का लागि यात्रा गरेका थिए । उनीहरूको मिशन ८ दिनका लागि थियो । तर, यानमा प्राविधिक समस्या भएपछि उनीहरू ९ महिना १४ दिनसम्म अन्तरिक्षमै फसेका थिए ।

त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कनु पर्ने थियो, तर यानमा समस्या आएको कारण उनीहरूको फर्किने योजना ढिलाइ भएको थियो।

You May Also Like

More From Author

+ There are no comments

Add yours