०६ चैत, काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
हिजो मंगलबार प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८०० ले बढेर एक लाख ७६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी, चाँदीको भाउ प्रतितोला दुई हजार ४५ निर्धारण भएको छ।
अन्तरर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ३५ अमेरिकी डलर रहेको छ।
+ There are no comments
Add yours